टि–२० वरियतामा सन्दीप, कुशल र दीपेन्द्रको फड्को
काठमाडौं, फागुन ११ : टि–२० क्रिकेटका नयाँ वरियतामा तीन नेपाली खेलाडीले फड्को मारेका छन् । नेपाल विश्वकपमा छनोट हुन असफल भएपनि उत्कृष्ट प्रदर्शन गरेका तीन...
काठमाडौं, फागुन ११ : टि–२० क्रिकेटका नयाँ वरियतामा तीन नेपाली खेलाडीले फड्को मारेका छन् ।
नेपाल विश्वकपमा छनोट हुन असफल भएपनि उत्कृष्ट प्रदर्शन गरेका तीन नेपाली खेलाडी ब्याट्सम्यानद्वय कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी र कप्तान सन्दीप लामिछानले वरियतामा फड्को मारेका छन्।
टि–२० बलिङ वरियतामा कप्तान सन्दीप लामिछाने १६ स्थान माथि उक्लँदै ४३औं स्थानमा आइपुगेका छन् । टि–२० छनोटमा सन्दीपले ४ खेलमा ९ विकेट लिएका थिए ।
यस्तै, ब्याटिङ वरियतामा कुशल ९ स्थान माथि उक्लँदै ३९औं स्थानमा आइपुगेका छन्। विश्वकप छनोटमा कुशलले १ शतकसहित कुल १५० रन बनाएका थिए । यस्तै, दीपेन्द्रसिंह ऐरीले पनि ब्याटिङ वरियतामा ३ स्थानमाथि उक्लिएका छन् । उनी ५०औं स्थानमा छन् । उनले छनोटमा १५६ रन बनाएका थिए।
प्रकाशित मिति: १५:२२ बजे, बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











