विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ

काठमाडौं, फागुन ११ : देशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ परोक छन्।
सप्तरीको सप्तकोशी नगरपालिका–२ सखुवनिस्थित सडकबाट करिब ६ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका-१३ लक्ष्मिपुर बस्ने २६ वर्षीय सुमित चौधरी र चौदण्डी नगरपालिका-८ हडिया बस्ने ३४ वर्षीय बिधानन्द चौधरी रहेको प्हरीले जनाएका छन्।
प्रदेश १–०५–००१ प ४५९३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी फतेपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
रुपन्देहीको कञ्चन गाउँपालिका–३ झारगैराबाट करिब ७ ग्राम ७० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३४ वर्षीय देवेन्द्र बहादुर खत्री र सोही गाउँपालिका-५ थकाली चोक बस्ने २९ वर्षीय नवराज पराजुली रहेका छन्। इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
मोरङको विराटनगर महानगरपालिका–१२ स्थित होटल ईन्टरटेन्टमेन्टमा बसेका सोही महानगरपालिका–६ बस्ने २६ वर्षीय कुनाल सिंङलाई करिब ३२ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, डिजिटल तराजु १ थान र को।३३ प ३३१४ नम्बरको मोटरसाइकल सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।












