Kathmandu Press

मोटरसाइकल चोरी गरेको आरोपमा तीनजना पक्राउ

पर्सा, फागुन ११ : वीरगन्ज महानगरपालिका–६ स्थित सडकको छेउमा पार्किङ गरी राखिएको सोही ठाउँ बस्ने शुभम शर्माको ना४३प ३४४ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा...
मोटरसाइकल चोरी गरेको आरोपमा तीनजना पक्राउ

पर्सा, फागुन ११ : वीरगन्ज महानगरपालिका–६ स्थित सडकको छेउमा पार्किङ गरी राखिएको सोही ठाउँ बस्ने शुभम शर्माको ना४३प ३४४ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा तीनजनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ ठेगाना भएका २१ वर्षीय संजय कुमार सर्राफ, सोही महानगरपालिका(२ ठेगाना भएका २० वर्षीय असफाक अली र २० वर्षीय चुनचुन बाबु राउत रहेका छन्। 

Hardik ivf

सडकको छेउमा पार्किङ गरी राखिएको अवस्थामा गत फागुन ७ गते मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरुले उक्त मोटरसाइकल चोरी गरी संजय कुमार सर्राफको घरमा लुकाई राखेको खुल्न आएपछि उक्त मोटरसाइकल सहित उनीहरूलाई पक्राउ गरेको हो। 

उनीहरू उपर चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १५:०१ बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्