Kathmandu Press

बाढी बस्तीमा पस्यो, घर बगाउँदा दुई वेपत्ता

म्याग्दी, असोज ५ : बाढी गाउँमा पसेपछि म्याग्दीमा दुई घर बगेका छन्। बाढीले बगाउँदा दुई जना वेपत्ता भएका छन्।

अविरल वर्षापछि कोटखोलाको बाढी बे....

बाढी बस्तीमा पस्यो, घर बगाउँदा दुई वेपत्ता
रासस

म्याग्दी, असोज ५ : बाढी गाउँमा पसेपछि म्याग्दीमा दुई घर बगेका छन्। बाढीले बगाउँदा दुई जना वेपत्ता भएका छन्।

अविरल वर्षापछि कोटखोलाको बाढी बेनी नगरपालिका–२ बगरफाँटमा पसेको हो। वस्ती गाउँमा पसेपछि दुई घर बगेका छन्। केही घरमा क्षति पुगेको छ।

बाढीले घर बगाउँदा दुई जना वेपत्ता भएका छन् स्थानीय वासिन्दा र प्रहरीले उनीहरूको खोजी गरिरहेको छ।

शनिबार बाढी बस्तीमा पस्दा वेपत्ता भएका दुई जना आइतबार बिहानसम्म भेटिएका छैनन्।

बाढी गाउँमा पसेको खबर पाएपछि प्रहरी टोली गाउँमा पुगेको थियो। घर भत्किएका र जोखिममा रहेका परिवारलाई प्रहरी र स्थानीय वासिन्दाले सुरक्षित स्थानमा सारेका छन्।

प्रकाशित मिति: १०:४५ बजे, आइतबार, असोज ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्