विभिन्न देशका मुद्रासहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौं, फागुन ११ : अवैध रुपमा विदेश लान लागेकाे अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन्।
विभिन्न देशका मुद्रासहित पक्राउ पर्ने ती भारतीय नागिरक ४५ वर्षीय सतीश परसोत्तम सजनानी रहेको प्रहरीले जनाएको छ। फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका उनलाई विमानस्थलमा झोला परीक्षण गर्ने क्रममा पक्राउ गरिएको हो।
त्यसक्रममा अमेरिकी डलर २० हजार १५०, नेपाली रुपैयाँ ३१ हजार ६००, इंगल्यान्ड पाउन्ड ५, जर्जिया लरी ५०, भारतीय रुपैयाँ १००, युइई दिराम १ हजार ३५५ बरामद भएको प्रहरीको भनाइ छ।
थप अनुसन्धानका लागि उनलाई राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४:१६ बजे, बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












