Kathmandu Press

बैंकिङ कसुरमा संलग्न एक चिनियाँसहित ३७ जना पक्राउ

काठमाडौं, फागुन ११ : बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अन्तर्गतको कसुरमा संलग्न चिनियाँ नागरिक च्याङ हि बाओ सहित २४ पुरुष र १३ महिला...
बैंकिङ कसुरमा संलग्न एक चिनियाँसहित ३७ जना पक्राउ

काठमाडौं, फागुन ११ : बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अन्तर्गतको कसुरमा संलग्न चिनियाँ नागरिक च्याङ हि बाओ सहित २४ पुरुष र १३ महिला गरी जम्मा ३७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौं महानगरपालिका–९ पुरानो बानेश्‍वरस्थित एक घर भाडामा लिई सिन्धुली घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–७ बस्ने दीपक श्रेष्ठको नाममा लेमोन ग्रुप अफ कम्पनी दर्ता गरी चिनियाँ नागरिकद्वारा विभिन्न एप्लिकेसनहरुमार्फत गैरकानुनी तवरले लोन स्क्याम गरिरहेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्‍वरबाट खटिएको संयुक्त  टोलीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो।

साथै प्रहरीले बिभिन्न एप्लिकेसनहरुमार्फत लोन स्क्याम गर्न प्रयोग भएका ४ थान ल्यापटप र २ थान मोबाइल समेत बरामद गरेको छ। उनीहरूउपर बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्हरीले जनाएको छ। 

प्रकाशित मिति: १३:५४ बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्