सुदूर र चितवन क्षेत्रमा वर्षा, यस्तो छ तीन दिनको मौसम
काठमाडौं, असोज ५ : मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिणतर्फ सरेकाले आज देशभरको मौसम सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको....

काठमाडौं, असोज ५ : मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिणतर्फ सरेकाले आज देशभरको मौसम सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार, सुदूरपश्चिम र चितवन क्षेत्रमा भारी वर्षा हुनेछ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज पनि देशभर हल्का तथा भारी वर्षा हुनेछ। अहिले पनि देशका केही भागमा वर्षा भइरहेको छ।
विशेष गरेर डडेल्धुरा, अछाम, जाजरकोट र चितवन क्षेत्रमा वर्षा भइरहेको छ। देशका अन्नय भूभावमा पनि सामान्य बदली भइ मेघ गर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ।
आज राति पनि सामान्य बदली हुुनेछ। केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ।
त्यस्तै, सोमबार पनि आंशिक बदली हुने महाशाखाले जनाएको छ। थोरै स्थानमा मेघ गर्जन तथा चट्टयांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मंगलबार पनि सौसम सफा हुनेछैन। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्टयांगसहित वर्षा हुने महाशाखाले जनाएको छ।











