Kathmandu Press

बन्चरो प्रहार गरी पत्नी हत्या गरेको आरोपमा पक्राउ 

सिन्धुपाल्चोक, फागुन ११ : आफ्नै पत्नी २८ वर्षीया लक्ष्मी बस्नेत तामाङलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा बलेफी गाउँपालिका-१ ठाटिकुना बनकाली बस्ने ३२ वर्षीय...
बन्चरो प्रहार गरी पत्नी हत्या गरेको आरोपमा पक्राउ 

सिन्धुपाल्चोक, फागुन ११ : आफ्नै पत्नी २८ वर्षीया लक्ष्मी बस्नेत तामाङलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा बलेफी गाउँपालिका-१ ठाटिकुना बनकाली बस्ने ३२ वर्षीय जीवन तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

दाउरा चिर्ने विषयमा विवादका कारण जीवनले आफ्नै पत्नीलाई बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जलबिरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

गम्भीर घाइते लक्ष्मीको जिल्ला अस्पताल चौतारामा उपचारका क्रममा मृत्यु भएको थियो। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १३:४५ बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्