Kathmandu Press

‘अर्थतन्त्रको बलियो आधार कृषि ’

पाल्पा, फागुन ११ :  लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले सिँचाइ बिना कृषि उत्पादन सम्भव नभएको बताएका छन्।रामपुर फाँट सिँचाइ जल उपभोक्ता...
‘अर्थतन्त्रको बलियो आधार कृषि ’
Hardik ivf

पाल्पा, फागुन ११ :  लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले सिँचाइ बिना कृषि उत्पादन सम्भव नभएको बताएका छन्।

रामपुर फाँट सिँचाइ जल उपभोक्ता समन्वय समिति रामपुर पाल्पाको ३३औं वार्षिकोत्सव तथा १३औं परिषद् भेलालाई मंगलबार सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र बलियो बनाउने आधार नै कृषि भएकाले सिँचाइमा लगानी बढाउन आवश्यक छ भने।

यस आयोजनाबाट रामपुर नगरपालिका-३, ४, ५, ६ र ७ का करिब एक हजार २३० हेक्टर क्षेत्रफल सिँचाइ हुँदै आएको छ। करिब तीन दशक इतिहास बोकेको यस आयोजना सञ्चालनमा आएपछि धान, गहुँ, मकै, तरकारी लगायतका विभिन्न बालीनाली उत्पादन हुने गर्छ।

प्रकाशित मिति: १३:३८ बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्