Kathmandu Press

आज न्याय परिषदको बैठक बस्दै

काठमाडौं, फागुन ११ : आज (बुधबार) न्याय परिषदको बैठक बस्दैछ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषदको बैठक बोलाएका हुन्।परिषद बैठकमा कानुन, न्याय तथा संसदीय...
आज न्याय परिषदको बैठक बस्दै

काठमाडौं, फागुन ११ : आज (बुधबार) न्याय परिषदको बैठक बस्दैछ। 

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषदको बैठक बोलाएका हुन्।

Hardik ivf

परिषद बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु र वरिष्ठतम न्यायाधीशका रूपमा मीरा खड्का सहभागी हुनेछन्। त्यस्तै अन्य दुई सदस्य रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी पनि बैठकमा सहभागी हुनेछन्।

आज बस्ने बैठकले विशेष अदालतमा रिक्त अध्यक्ष र सदस्य पदमा न्यायाधीश सिफारिस गर्ने न्याय परिषद सचिवालयले जनाएको छ।

त्यसैगरी परिषदले केही न्यायाधीशको सरुवा र केहीको पदस्थापनसम्बन्धी निर्णय गर्ने पनि जनाइएको छ।

प्रकाशित मिति: १३:०८ बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्