Kathmandu Press

गाउँपालिकाले सुरु गर्‍याे एम्बुलेन्स सेवा

राँझा, फागुन ११ : बाँकेको जानकी गाउँपालिकाले जनतालाई सहज स्वास्थ्य सेवाको लागि एम्बुलेन्स सेवा सुरु गरेको छ । नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि...
गाउँपालिकाले सुरु गर्‍याे एम्बुलेन्स सेवा

राँझा, फागुन ११ : बाँकेको जानकी गाउँपालिकाले जनतालाई सहज स्वास्थ्य सेवाको लागि एम्बुलेन्स सेवा सुरु गरेको छ । नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिए। 

गाउँपालिकावासीले आपतकालीन अवस्थामा गम्भीर बिरामी हुँदा व्यहोर्नुपर्ने समस्याबाट मुक्ति पाउन भनेर गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको उल्लेख गर्दै कार्यवाहक अध्यक्ष धितालले भने, ‘अब नागरिकले सजिलै एम्बुलेन्स सेवा पाउनेछन् ।’ प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले एम्बुलेन्समार्फत स्थानीयलाई सहजरुपमा सेवा दिइने उल्लेख गरे। 

अहिले गाउँपालिकाका स्थानीय नागरिक अन्य संस्थाले सञ्चालन गरेका एम्बुलेन्स र निजी गाडी महङ्गोमा भाडामा लिएर सेवा लिन बाध्य भएकोमा अब त्यस्तो बाध्यता नरहने उनको भनाइ छ । गाउँपालिकाले नेपाल सरकारको राजस्व छुट गरेर गाडी खरिद गरी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत रानाले जानकारी दिए। 

गरिब, विपन्न, अपाङ्गता, ज्येष्ठ नागरिकलगायत जटिल अवस्थामा रहेका स्थानीयवासीको स्वास्थ्यलाई ध्यान दिएर गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको उनको भनाइ छ। 

प्रकाशित मिति: १२:३४ बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्