Kathmandu Press

बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया, फागुन ११ : बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ सैनवारकी ४१ वर्षीया लिली थारूको पाटेबाघको आक्रमणबाट मृत्यु भएको...
बाघको आक्रमणबाट महिलाको मृत्यु
Hardik ivf

बर्दिया, फागुन ११ : बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ सैनवारकी ४१ वर्षीया लिली थारूको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो । 

मङ्गलबार बेलुकी आफ्नो घर नजिकको बङ्गुरको खोरमा चारो दिँदै गर्दा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आधा खुट्टा, हात खाएको र क्षतविक्षत अवस्थामा थारुको शव फेला परेको छ।  

प्रकाशित मिति: १०:५५ बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्