Kathmandu Press

बाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दिया, फागुन ११ : बर्दियामा पाटेबाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका–४ सैनवार गाउँकी ४१ वर्षीया लिलि थारुको मृत्यु भएको...
बाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दिया, फागुन ११ : बर्दियामा पाटेबाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका–४ सैनवार गाउँकी ४१ वर्षीया लिलि थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाले जनाएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जसँग सीमा जोडिएको घर नजिक बंगुरलाई चारो दिन लाग्दा बाघले आक्रमण गरेको प्रहरीको भनाइ छ। बाघको आक्रमणबाट घाइते भएकी थिइन्।

उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०९:०० बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्