Kathmandu Press

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरी, फागुन ११ : सुनसरीको कोसी–८ भण्टाबारीमा गए राति ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।दुर्घटनामा भण्टाबारीका ६० वर्षीय भरत सहनीको मृत्यु भएको जिल्ला...
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
Hardik ivf

सुनसरी, फागुन ११ : सुनसरीको कोसी–८ भण्टाबारीमा गए राति ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।

दुर्घटनामा भण्टाबारीका ६० वर्षीय भरत सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र २–०३–००१ ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएका थियो।

ट्रकको ठक्करबाट गम्भीर घाइते सहनीको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको कार्कीले जानकारी दिए। ट्रक चालक सर्लाहीको परवानीपुरका ५४ वर्षीय लासादोर्जे जिम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: ०७:३५ बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्