Kathmandu Press

स्थानीय तहको निर्वाचन गर्न बाटो खुल्ला

काठमाडाैं, फागुन १० : सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर भएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। उक्त...
स्थानीय तहको निर्वाचन गर्न बाटो खुल्ला

काठमाडाैं, फागुन १० : सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर भएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। उक्त आदेशसँगै निर्वाचन आयोगलाई निर्वाचनको गतिविधि सञ्चालन गर्न बाटो खुलेको छ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले आज कारण देखाउ आदेश जारी गरेपछि आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न बाटो खुलेको हो। महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले आफूहरुको कार्यकाल ६ महिना बाँकी रहेकाले त्यस अगावै हुने निर्वाचन असंवैधानिक भएकाले निर्वाचन गर्ने निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दायर गरेका थिए।

सर्वोच्च अदालत प्रशासनले स्थानीय तहको निर्वाचनपछि पाँचवर्षे कार्यकाल उपभोग गर्न नपाउने उल्लेख गर्दै गत माघ २६ गते पेस भएको निवेदन दर्ता (दरपीठ) गर्न अस्वीकार गरेको थियो। इजलासमा भएको सुनुवाइपछि उक्त आदेश जारी भएको हो।

प्रकाशित मिति: २०:१६ बजे, मंगलबार, फागुन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्