Kathmandu Press

चिनियाँ नागरिकसहित ८० जना पक्राउ

भक्तपुर, फागुन १० : अवैध रुपमा कल सेन्टर सञ्चालन गरेर ठगी गरेको अभियोगमा प्रहरीले भक्तपुरको सानोठिमीस्थित कल सेन्टरबाट एक चिनियाँ नागरिकसहित ८१ जनालाई...
चिनियाँ नागरिकसहित ८० जना पक्राउ
Hardik ivf

भक्तपुर, फागुन १० : अवैध रुपमा कल सेन्टर सञ्चालन गरेर ठगी गरेको अभियोगमा प्रहरीले भक्तपुरको सानोठिमीस्थित कल सेन्टरबाट एक चिनियाँ नागरिकसहित ८१ जनालाई आज पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरसहितको टोलीले २९ वर्षीय चिनियाँ नागरिक वानजिनिओसहित ८१ जनालाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। भारतीय मुलका युवा युवतीलाई छोटो समयका लागि मिटर ब्याजका रुपमा पाँच हजारदेखि १० हजार रूपैयाँसम्म ऋण दिएर उक्त ऋणको मिटर ब्याजसहित तोकिएको समयभित्र उठाउन ऋणीहरुलाई कल सेन्टरमार्फत सम्पर्कमा ल्याउने, ऋण नतिरे थर्काउने, गाली गर्ने, धम्काउने जस्ता कार्य सञ्चालन गरेको पाइएको उनले बताए।

चिनियाँ नागरिक वानजिनिओ सनसिटी अपार्टमेन्टमा बस्दै आएको र नेपाली युवा युवतीहरु प्रयोग गरी कल सेन्टर सञ्चालन गरिरहेको उजुरी परेपछि आज प्रहरीले सानोठिमीमा तीन तले घर भाडामा लिई सञ्चालन गरेको कल सेन्टरमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ४७ नेपाली महिला र ३३ पुरुष रहेका छन्। प्रहरीले सानोठिमीस्थित कल सेन्टरमा प्रयोग भइरहेको डेस्कटप कम्प्युटर १४ थान, ल्यापटप ४८ थान, आइप्याड दुई थानलगायतका उपकरण बरामद गरेको छ।

प्रकाशित मिति: २०:१५ बजे, मंगलबार, फागुन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्