Kathmandu Press

राष्ट्रियसभाका सदस्यलाई अभिमुखीकरण

काठमाडाैं, फागुन १० : कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता विषयमा राष्ट्रियसभाका सदस्यहरुलाई अभिमुखीकरण गराइएको छ।राष्ट्रियसभाको संयोजकत्व, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको...
राष्ट्रियसभाका सदस्यलाई अभिमुखीकरण

काठमाडाैं, फागुन १० : कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता विषयमा राष्ट्रियसभाका सदस्यहरुलाई अभिमुखीकरण गराइएको छ।

राष्ट्रियसभाको संयोजकत्व, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना र नेपालस्थित विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा राष्ट्रियसभाका सदस्यहरुका लागि एकदिवसीय अन्तरक्रिया आयोजना गरिएको हो। हरेक प्रदेशमा जनप्रतिनिधिको सहभागितामा आयोजना गरिने गरी तयारी स्वरुप गरिएको अभिमुखीकरणमा राष्ट्रियसभाका सदस्यहरुको उपस्थिति थियो।

Hardik ivf

कार्यक्रममार्फत खोप लिने क्रम बढाउन, स्वास्थ्य तथा सामाजिक उपायको पालनाका समबन्धमा सहभागिता बढाउनु र सम्बन्धित निर्वाचन क्षेत्रमा स्वास्थ्य आपतकालीन अवस्थामा सही तथा वैज्ञानिक जानकारी र विधि प्रसार गर्ने उद्देश्यले अभिमुखीकरण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै नसर्ने रोग तथा मानसिक स्वास्थ्यका सन्दर्भमा राष्ट्रियसभा सदस्यको भूमिकालाई प्रकाश पार्ने र जनप्रतिनिधिको भूमिक बढाउने लक्ष्य लिइएको छ।

मन्त्रालयका सचिव डा रोशन पोखरेलको अध्यक्षता भएको उक्त कार्यक्रमको राष्ट्रियसभाका अधयक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरेकाे मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ। मन्त्रालयका प्रवक्ता सङ्गीता कौशल मिश्राले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्दै नेपालमा कोभिड–१९ का सन्दर्भमा संक्षिप्त विवरण प्रस्तुत गरेका थिए।

स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख तथा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कार्यक्रम सञ्चालन तथा छलफलको सहजीकरण गरेका थिए। कार्यक्रममा मन्त्रालयका अधिकारी तथा विश्वस्वास्थ्य सङ्गठनका विशेषज्ञहरुले हालै जारी गरिएको जोखिम सञ्चार तथा मानसिक स्वास्थ्यका सन्दर्भमा र जनस्वास्थ्य तथा सामाजिक उपायहरुसम्बन्धी वैज्ञानिक विषयमा सहभागीको अभिमुखीकरणसहित विभिन्न विषयमा प्राविधिक सत्रहरु सञ्चालन गरेका थिए।

विश्व स्वास्थ्य सङ्गठनका वरिष्ठ परामर्शदाता डा सुनूर बर्माले कोभिड– १९ जस्तो सङ्कटको समयमा जनप्रतिनिधिले सार्वजनिक सञ्चार गर्दा अपनाउनुपर्ने सतर्कता र असल अभ्यासका बारेमा चर्चा गरेका थिए। त्यसैगरी, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक शीला श्रेष्ठले मन्त्रालयले हालै सार्वजनिक गरेको जोखिम सञ्चार तथा सामुदायिक सहभागिता संयन्त्रको स्थापनाबारे सत्र सञ्चालन गरेका थिए। उक्त निर्देशिकाले जनप्रतिनिधिलाई कोभिडलगायत संकटको अवस्थामा सामुदायिक सहभागिताको संयन्त्रलाई थप सबल बनाउने प्रबन्धहरु उपलब्ध गराएको छ। महामारीको सन्दर्भमा जनस्वास्थ्य मापदण्डसँग सम्बन्धित विज्ञानका विषयमा विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयका आपतकालीन कार्यक्रम प्रमुख डा अलिसन गोकोटानोले प्रस्तुति दिएका थिए।

प्रकाशित मिति: २०:०९ बजे, मंगलबार, फागुन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्