Kathmandu Press

संकटालाई हराउँदै आर्मी दोस्रो स्थानमा उक्लियो

काठमाडाैं, फागुन १० : विभागीय टिम त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ। मंगलबार दशरथ रंगशालामा भएको खेलमा...
संकटालाई हराउँदै आर्मी दोस्रो स्थानमा उक्लियो

काठमाडाैं, फागुन १० : विभागीय टिम त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ। मंगलबार दशरथ रंगशालामा भएको खेलमा संकटा क्लबमाथि ३–१को पुनरागमन जित निकाल्दै आर्मी दोस्रो स्थानमा उक्लिएको हो।

एक गोलले पछि परेको अवस्था उल्टाउँदै आर्मीलाई जित दिलाउन सन्तोष तामाङ, जर्जप्रिन्स कार्की र टेकबहादुर बुढाथोकीले गोल गरे भने संकटाका उत्तम राईले एक गोल गरे।

१५औं मिनेटमा उत्तम राईले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएको थियो । पहिलो हाफमा १–०ले पछि परेको आर्मीले तेस्रो हाफमा ३ गोल थप्दै पुनरागमन जित निकाल्यो ।  

६०औं मिनेटमा सन्तोष तामाङले आर्मीका लागि बराबरी गोल फर्काए । ७४औं मिनेटमा जर्जप्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । ८६औं मिनेटमा टेकबहादुरले गोल गरेपछि आर्मीले ३–१को जित सुनिश्चित ग¥यो।

जारी लिगमा अपराजित रहेको आर्मी २२ अंक जोड्दै दोस्रो स्थानमा उक्लियो । उसले समान २२ अंक जोडेका एनआरटी र मनाङ मर्स्याङ्दी क्लबलाई पछि पा¥यो। आर्मीले अन्तिम खेलमा मनाङसँग खेल्नेछ ।

 

प्रकाशित मिति: २०:०९ बजे, मंगलबार, फागुन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्