Kathmandu Press

कांग्रेसको सप्तरी जिल्ला सभापतिमा संस्थापन समूहबाट सत्रुधन यादवले दिए उम्मेदवारी

सप्तरी, फागुन १० : नेपाली कांग्रेसको सप्तरी जिल्ला सभापतिमा संस्थापन समूहबाट सत्रुधन यादवले उम्मेदवारी घोषणा गरेका छन्।मंलबार पत्रकार सम्मेलन गरेर यादवले जिल्ला सभापतिमा...
कांग्रेसको सप्तरी जिल्ला सभापतिमा संस्थापन समूहबाट सत्रुधन यादवले दिए उम्मेदवारी

सप्तरी, फागुन १० : नेपाली कांग्रेसको सप्तरी जिल्ला सभापतिमा संस्थापन समूहबाट सत्रुधन यादवले उम्मेदवारी घोषणा गरेका छन्।

मंलबार पत्रकार सम्मेलन गरेर यादवले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन। सप्तरी क्षेत्र नम्बर १ का सभापति ललन गुप्ताले यादवको नाम प्रस्ताव गरे भने सभापति पदकी आकांक्षी निर्मला यादवले समर्थन गरेकी छिन्।

नेपाली कांग्रेसले बाँकी १६ जिल्लाको अधिवेशन आगामी फागुण १५ गते हुने अधिवेशन तालिका सार्वजनिक गरेको छ। सोही बमोजिम विभिन्न जिल्लामा अहिले उम्मेदवार छनौट तथा घोषणा गर्ने काम भइरहेको छ।

प्रकाशित मिति: १९:१८ बजे, मंगलबार, फागुन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्