Kathmandu Press

प्रदेशसभाको बैठक फागुन २२ गतेसम्मको लागि स्थगन

जनकपुरधाम, फागुन १० : मधेस प्रदेशसभाको आज बस्ने भनिएको बैठक बस्दै नबसी फागुन २२ गतेसम्मका लागि स्थगित भएको छ। आज दिउँसो २ बजे...
प्रदेशसभाको बैठक फागुन २२ गतेसम्मको लागि स्थगन
Hardik ivf

जनकपुरधाम, फागुन १० : मधेस प्रदेशसभाको आज बस्ने भनिएको बैठक बस्दै नबसी फागुन २२ गतेसम्मका लागि स्थगित भएको छ। आज दिउँसो २ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक दोस्रो पटक विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले फागुन २२ गतेसम्मको लागि स्थगित गरेको हो।

प्रदेशसभा भवनको कम्पाउण्डभित्र कालोपत्र गर्ने काम भइरहेको र फागुन १५ गते हुन लागेको नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा प्रदेशसभा सदस्य व्यस्त भएकाले आजको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए।

आज बस्ने बैठकमा प्रदेश सरकारद्वारा अघिल्लो बैठकमा पेश भएको प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यतालिका थियो। यसअघि फागुन १ गते आह्वान गरिएको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले स्थगित गरेको थियो।

प्रकाशित मिति: १९:१५ बजे, मंगलबार, फागुन १०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्