Kathmandu Press

पुण्यको काममै भ्रष्टाचार !

काठमाडाैं, फागुन १० : वातावरण संरक्षण गर्ने र हरियाली प्रवद्र्धन गर्ने लक्ष्यका साथ वृक्षरोपण गरिन्छ। यसलाई पुण्यको कामका रूपमा लिइन्छ तर, यही कामलाई...
पुण्यको काममै भ्रष्टाचार !
Hardik ivf

काठमाडाैं, फागुन १० : वातावरण संरक्षण गर्ने र हरियाली प्रवद्र्धन गर्ने लक्ष्यका साथ वृक्षरोपण गरिन्छ। यसलाई पुण्यको कामका रूपमा लिइन्छ तर, यही कामलाई नै कमाइ खाने भाँडो बनाइन्छ र भ्रष्टाचार गरिन्छ भने त्योभन्दा ठूलो अपराध के होला?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दाको आरोपीले वृक्षरोपण गर्न विनियोजन गरिएको रकममा भ्रष्टाचार गरेको पाइएको छ। जिल्ला वन कार्यालय सिमरा, बाराका सहायक वन अधिकृत विन्देश्वर पटेलले वृक्षरोपण गर्न विनियोजित रकम बिरुवासमेत रोपण नगरी रकम हिनामिना गरेको पाइएको छ।

आर्थिक वर्ष २०७३/७४ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सिम्रौनगढ नगरपालिका उचिडिहमा वृक्षरोपणका लागि तीन लाख ६० हजार रूपैयाँ बराबरको रकम हिनामिना गरेको पाइएको छ। आयोगका अनुसार गैरकानूनी काममा जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरे, सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेल र सहलेखापाल जनकराज जोशीले भ्रष्टाचार गरेको पाइएको आयोगको आरोप छ। आयोगले बिगोबमोजिमको माग दाबी गर्दै वन कार्यालयका कर्मचारी र जागरण विकास केन्द्र नेपाल, सिम्रौनगढ–११ का अध्यक्ष मदनप्रसाद जैसवारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए।

प्रकाशित मिति: १८:२५ बजे, मंगलबार, फागुन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्