Kathmandu Press

ओमानलाई हराउँदै आयरल्यान्ड टि–२० विश्वकपमा

काठमडाैं, फागुन १० : आयोजक आमोनलाई हराउँदै आयरल्यान्ड टि–२० विश्वकपका लागि छनोट भएको छ। विश्वकप ग्लोबल छनोटको समूह एको सेमिफाइनलमा ओमानलाई ५६ रनले...
ओमानलाई हराउँदै आयरल्यान्ड टि–२० विश्वकपमा

काठमडाैं, फागुन १० : आयोजक आमोनलाई हराउँदै आयरल्यान्ड टि–२० विश्वकपका लागि छनोट भएको छ। विश्वकप ग्लोबल छनोटको समूह एको सेमिफाइनलमा ओमानलाई ५६ रनले हराउँदै आरयल्यान्डले अस्ट्रेलियामा हुने विश्वकपमा स्थान पक्का गरेको हो।

यो सँगै समूह एबाट आयरल्यान्ड र युएईले विश्वकपमा स्थान बनाएका छन् । युएई नेपालले ६८ रनले हराउँदै विश्वकपमा पुगेको हो । उपाधिका लागि यी दुई टिम भिड्ने छन्।

पहिला ब्याटिङ गर्दै आरयल्यान्डले दिएको १६६ रनको लक्ष्य पछ्याएको ओमानले १८.३ ओभरमा अलआउट हुँदै १०९ रन मात्र बनाउन सक्यो। उसका सोएब खानले सर्वाधिक ३० रन बनाउँदा कप्तान जिसन मक्सुदले २८ रन बनाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन् ।

ओमानलाई सस्तैमा समेट्न् क्रममा आयरल्यान्डका सिमी सिंहले ३ तथा जोस लिटल, क्यारिङ योङ र एन्डी म्याकब्रिनले समान २ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १६५ रन बनायो । उसका ग्यारेथ डेलनीले सर्वाधिक ४७ रन बनाउँदा म्याकब्रिनले ३६ र ह्यारी टेक्टरले ३५ रनको योगदान दिए।

ओमानका बिलाल खानले ३ तथा कलिमुल्लाहले २ विकेट लिए।

 

प्रकाशित मिति: १९:१५ बजे, मंगलबार, फागुन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्