म्याग्दीमा रूखबाट खसेर पुरुषको मृत्यु
म्याग्दी, फागुन १० : म्याग्दीको बेनी नगरपालिका–७ मा आज दिउँसो रूखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय अगाडिको वीरेन्द्रचोकस्थित पीपलको रूखको...
म्याग्दी, फागुन १० : म्याग्दीको बेनी नगरपालिका–७ मा आज दिउँसो रूखबाट खसेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालय अगाडिको वीरेन्द्रचोकस्थित पीपलको रूखको हाँगा काट्ने क्रममा खसेर मालिका गाउँपालिका–२ का अन्दाजी ४२÷४३ वर्षका थामबहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले रूखबाट खसेर गम्भीर घाइते भएका पुनलाई बेनी अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रकाशित मिति: १६:५९ बजे, मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












