Kathmandu Press

मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

बागमती, फागुन १० : मकवानपुरमा आज भएको फरक फरक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । हेटौँडा–फाखेल–काठमाडौँ सडक खण्डको इन्द्रसरोवर गाउँपालिका–२ मा भएको मोटरसाइकल दुर्घटनामा...
मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

बागमती, फागुन १० : मकवानपुरमा आज भएको फरक फरक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

हेटौँडा–फाखेल–काठमाडौँ सडक खण्डको इन्द्रसरोवर गाउँपालिका–२ मा भएको मोटरसाइकल दुर्घटनामा एक र पूर्वपश्चिम महेन्द्र राजमार्गको हेटौँडा मनहरि सडक खण्डमा भएको अर्को मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको हो । 

Hardik ivf

केहीबेर अघि हेटौँडाको बस्तीपुरबाट नेवारपानीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३– ००५प– १५०३ नंको मोटरसाइकल ना ५ त ७३३८ नंको ट्र्याक्टरमा ठक्कर खाँदा मोटरसाइकल चालक स्थानीयवासी १७ वर्षीय सुदीप तितुङको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका तितुङको उपचारका क्रममा हेटौँडाको चुरेहिल अस्पतालमा मृत्यु भएको हो । त्यस्तै इन्द्रसरोवर गाउँपालिका–२ मा आजै भएको दुर्घटनामा एक जनाको मृत्युु भएको छ । कुलेखानी–फाखेल–काठमाडौँ सडक खण्डअन्तर्गत काठमाडौँदेखि इन्द्रसरोवर–२ कंलकीतर्फ जाँदै गरेको बा  ५७ प ८५७० नंको मोटरसाइकल कंलकी नजीक सुकौरा भन्ने ठाउँमा अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा मोटरसाइकल चालक सोही ठाउँका अन्दाजी ३३ वर्षीय दोर्जे लामाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार मोटरसाइकल  सडकबाट तीन सय मिटर तल खसेको थियो । लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। 

प्रकाशित मिति: १६:५५ बजे, मंगलबार, फागुन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्