Kathmandu Press

तनहुँमा महिला बन्दीगृह सञ्चालनमा ल्याइने

तनहुँमा महिला बन्दीगृह सञ्चालनमा ल्याइने

तनहुँ, फागुन १० : तनहुँको सदरमुकाम दमौलीमा महिला कैदीबन्दी भवनको निर्माण सम्पन्न भएको छ । 

कारागारको पुराना कार्यालय भवन तथा सुरक्षा ब्यारेकलाई मर्मत तथा घेराबार गरी महिला बन्दीगृह निर्माण गरिएको हो । निर्माण सम्पन्न भएकाले अब छिट्टै नै महिला कैदीबन्दी भवन सञ्चालनमा ल्याउने तयारी गरिएको कारागार प्रशासनले जनाएको छ । यसका लागि कारागार व्यवस्थापन विभाग काठमाडौंले अनुमति समेत दिइसकेको बताइएको छ । 

Hardik ivf

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालसहितको सुरक्षा निकायको टोलीले केही दिन अघि अनुगमन गरेर महिला कैदीबन्दी राख्न उपयुक्त भएको ठहर गरी कारागार विभागलाई पत्राचार गरिएको थियो । तनहुँबाट बाह्य जिल्लामा पठाइएका महिला कैदीबन्दीलाई समेत जिल्लामा ल्याउने तयारी भइरहेको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । छिमेकी जिल्ला लमजुङले पनि कारागार भवन भत्काउन लागेकाले महिला कैदीबन्दीलाई तनहुँमा पठाउनेबारे जानकारी गराइसकिएको उनले बताए। 

गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय दमौलीमार्फत रु २० लाख र चालु आर्थिक वर्षमा कारागार व्यवस्थापनबाट रु २० लाख गरी कूल रु ४० लाखको लागतमा बीस जना क्षमताको महिला बन्दीगृह निर्माण गरिएको हो । कारागारमा नयाँ दुई भवन निर्माण भएपछि पुराना भवनलाई महिला बन्दीगृह बनाइएको हो । 

पुरानो कारागार भवनमा नयाँ जस्तापाता 

त्यसैगरी पुरानो कारागार भवनमा नयाँ जस्तापाताले छाएको छ । जस्तापाता पुरानो हुँदै गएकाले पानी चुहिने समस्याबाट हैरानी खेप्नु परेकाले नयाँ जस्तापाताले छाना छाएको हो । 

कारागार व्यवस्थापन विभागबाट रु १० लाख बजेट विनियोजन भएपछि छाना छाइएको निमित्त प्रमुख अधिकारीले बताउनुभयो । दुईवटा ब्लकमा जिप्सन र ६ कोठामा प्लाइउड राखिएको उहाँले जानकारी दिए। 

प्रकाशित मिति: १६:५१ बजे, मंगलबार, फागुन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्