युएईले टस जितेर ब्याटिङ रोज्यो, नेपाल बलिङमा
काठमाडाैं, फागुन १० : टि–२० विश्वकपको ग्लोबर छनोटका समूह एको सेमिफाइनलमा युएईविरद्ध नेपालले पहिला बलिङ गर्ने भएको छ। युएईले टस जितेर पहिला ब्याटिङ...
काठमाडाैं, फागुन १० : टि–२० विश्वकपको ग्लोबर छनोटका समूह एको सेमिफाइनलमा युएईविरद्ध नेपालले पहिला बलिङ गर्ने भएको छ। युएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गर्न लागेको छ।
युएईविरुद्धको टिममा प्रशिक्षक पुबुदु दासानायकेले एक परीक्षण गरेका छन् । उनले स्पिन अलराउन्डर कुशल मल्लको स्थानमा युवा फास्ट बलिङ अलराउन्डर विवेक यदावलाई मौका दिएका छन्।
आजको खेलमा युएईलाई हराउन सके नेपाल दोस्रो पटक टि–२० विश्वकपका लागि छानिने छ। नेपाल प्रतियोगितामा अपराजित एक्लो टिम हो। नेपाल समूह एको ग्रुप २ को विजेता हो भने ग्रुप १ को उपविजेता हो्।
नेपाली टिमः आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, सन्दीप लामिछाने ९कप्तान०, कमलसिंह ऐरी, जितेन्द्र मुखिया, विवेक यादव र अभिनाश बोहरा
प्रकाशित मिति: १५:२५ बजे, मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











