Kathmandu Press

हराएको मतदाता परिचयपत्रको प्रतिलिपि लिन निवेदन दिनुपर्ने

गलेश्वर, फागुन १० : जिल्ला निर्वाचन कार्यालय म्याग्दीले मतदाता परिचयपत्र हराएकाले प्रतिलिपि लिनका लागि फागुन २० गतेभित्र निवेदन दिनुपर्ने जनाएको छ। स्थानीय तहको निर्वाचनको तयारी...
हराएको मतदाता परिचयपत्रको प्रतिलिपि लिन निवेदन दिनुपर्ने

गलेश्वर, फागुन १० : जिल्ला निर्वाचन कार्यालय म्याग्दीले मतदाता परिचयपत्र हराएकाले प्रतिलिपि लिनका लागि फागुन २० गतेभित्र निवेदन दिनुपर्ने जनाएको छ। 

स्थानीय तहको निर्वाचनको तयारी भइरहेको अवस्थामा मतदाताले परिचयपत्र लिएर मात्रै मतदान प्रक्रियामा सहभागी हुनुपर्ने भएकाले परिचयपत्र हराएको हकमा फागुन २० गतेभित्र कार्यालयमा निवेदन दिनुपर्ने जनाएको हो। 

Hardik ivf

जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले तोकिएको समयभित्र मतदाताले आफ्नो वडा कार्यालयको सिफारिससहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिनसक्ने व्यवस्था गरिएको बताए । ‘मतदाता परिचयपत्र आफूसँग नभएको अवस्थामा आवश्यक प्रक्रिया पूरा गरी आउनुपर्ने छ, जिल्लाभित्रका सबै स्थानीय तहलाई जानकारी गराइएको छ,’ उनले भने।

जिल्लाभित्र निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउनसमेत मतदाताले आफ्नो साथमा परिचयपत्र राख्नुपर्ने प्रमुख घिमिरेको भनाइ छ । यता जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले मतदाता परिचयपत्र हराएमा वडाको सिफारिस लिएर निर्वाचन कार्यालयमा जानुपर्ने व्यवस्थालाई हटाउनुपर्ने माग गरेका छन् । 

मतदातालाई दोहोरो झन्झट हुने भएकाले मतदाताले नै प्र्रतिलिपि बनाउन अनिच्छुक देखिने जोखिम रहेकाले सहज र सरल प्रक्रिया बनाउनुपर्नेमा उनीहरुको जोड छ। आसन्न निर्वाचनका लागि सङ्कलित मतदाता नामावलीको अहिले अद्यावधिक गर्ने काम भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

म्याग्दीमा गएको माघ २४ गतेसम्म ९० हजार मतदाताको तस्बिरसहितको मतदाता नामावली सङ्कलन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: १५:०१ बजे, मंगलबार, फागुन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्