Kathmandu Press

कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता हुने

कञ्चनपुर, फागुन १० : कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्टार प्रोडक्सनको आयोजना तथा महेन्द्रनगर जेसिजको सहकार्यमा फागुन १४ देखि चैत...
कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता हुने

कञ्चनपुर, फागुन १० : कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्टार प्रोडक्सनको आयोजना तथा महेन्द्रनगर जेसिजको सहकार्यमा फागुन १४ देखि चैत ५ गतेसम्म फारवेस्र्टन कर्पोरेट क्रिकेट कप २०२२ प्रतियोगिता आयोजना हुन लागेको हो।

सुदूरपश्चिमका कर्पोरेट कार्यालयलाई लक्षित गरेर प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक भोजराज जोशीले जानकारी दिए। कोरोनाले गर्दा खेल अवरुद्ध भएको समयमा पुनः खेलकूदको माहौल बनाउन प्रतियोगिता सञ्चालन गरिन लागेको उनले बताए।

महेन्द्रनगरको खुलामञ्चमा र कबर्डहलमा गरी दुई ठाउँमा खेल हुनेछ ।  प्रतियोगीतामा  कैलाली र कञ्चनपुरबाट २० टिमको सहभागिता रहने स्टार प्रोड्क्सनका अध्यक्ष अक्षत पाण्डेयले जानकारी दिए । सो प्रतियोगितामा विजयी टिमलाई नगद रु एक लाख पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने र द्वितीय टिमलाई नगद रु ५५ हजारसहित नगद ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । म्यान अफ द सिरिजलाई रु पाँच हजार ५००, बेस्ट ब्याट्सम्यानलाई रु तीन हजार ५०० तथा प्रतियोगिताका बेस्ट बलरलाई रु तीन हजार ५०० सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ।

प्रकाशित मिति: १४:५१ बजे, मंगलबार, फागुन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्