Kathmandu Press

धरानको जंगलमा भेटिएको बीभत्स शवको पहिचान खुल्यो, को हुन् मृतक ? 

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुवँरका अनुसार मृतक सो व्यक्ति दमक–५ झापाका ४३ वर्षीय दीपक सिग्देल रहेका छन्। सिग्देलका आमाबाबुले शवको सनाखत गरेको उनले बताए। 
धरानको जंगलमा भेटिएको बीभत्स शवको पहिचान खुल्यो, को हुन् मृतक ? 

काठमाडौं, फागुन १० : सुनसरीको धरान–भेडेटार जंगलमा बीभत्स हत्या गरिएको अवस्थामा भेटिएको शवको पहिचान खुलेको छ। गत बुधबार आपगाछी जंगलमा दुईवटा झोलामा टाउको र शरीर भेटिएको शवको पहिचान खुलेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुवँरले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्। 

उनका अनुसार मृतक सो व्यक्ति दमक–५ झापाका ४३ वर्षीय दीपक सिग्देल रहेका छन्। सिग्देलका आमाबाबुले शवको सनाखत गरेको डिएसपी कुवँरले बताए। 

गत बुधबार आपगाछाी जंगलमा घाँसदाउरा गर्न गएका स्थानीयहरले जेब्रा झोलाभित्र मानिसको टाउको फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले टाउकोमात्रै फेला पारेपछि शरीरको खोजी गरेको थियो। 

बिहीबार तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरेपछि टाउको भेट्टिएको क्षेत्रको एक किलोमिटरभित्र अर्को झोलामा शरीर फेला पारेको थियो। शरीर फेला परेपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फरेन्सिक विज्ञको टोली बोलाएर शवको पहिचान खुलाउने प्रयास गरिएको थियो। 

पहिचान खुलाउन शवको स्केच बनाएर जिल्लाभित्रका प्रहरी कार्यालय र छिमेकी जिल्लाका प्रहरीसँग समन्वय गरेको  थियो। डिएसपी कुवँरका अनुसार स्केचका आधारमा सोमबार उनका परिवारका सदस्य आएर मृतक दिपक सिग्देल भएको पुष्टि गरेका हुन्।

सिग्देलका परिवारका अनुसार उनी केही समयअघि मात्रै वैदेशीक रोजगारीबाट फर्केका थिए। घरबाहिर हिँडिरहने भएका कारण पछिल्लो पटक कहिले घरबाट निस्किएका थिए भन्नेमा भने केही खुलेको छैन। 

शवको सनाखत भएपछि अब बाँकी अनुसन्धान सुरु भएको डिएसपी कुवँरले जानकारी दिएका छन्। 

प्रकाशित मिति: ११:२८ बजे, मंगलबार, फागुन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्