Kathmandu Press

रिब्दीकोटका दीर्घरोगीलाई उपचारका लागि आर्थिक सहयोग

पाल्पा, फागुन १० : पाल्पाको रिब्दीकोट गाउँपालिकाले जटिल प्रकारका रोगीलाई उपचारका लागि आर्थिक सहयोग गर्दै आएको छ । मृटु, मिर्गौला तथा क्यान्सरपीडित व्यक्तिका लागि...
रिब्दीकोटका दीर्घरोगीलाई उपचारका लागि आर्थिक सहयोग

पाल्पा, फागुन १० : पाल्पाको रिब्दीकोट गाउँपालिकाले जटिल प्रकारका रोगीलाई उपचारका लागि आर्थिक सहयोग गर्दै आएको छ । मृटु, मिर्गौला तथा क्यान्सरपीडित व्यक्तिका लागि पालिकाले यातायात खर्चवापत  ६ हजार नगद सहयोग गर्दै आएको हो ।

गाउँपालिकाले मुटुरोगी २१, मिर्गौलारोगी १९, क्यान्सरपीडित १५ गरी कूल ५५ र अर्थाभावका कारण उपचारमा समस्या भएका विपन्न नागरिक नौ गरी कूल ६४ जनालाई आर्थिक सहयोग गरेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए। 

Hardik ivf

गाउँपालिकाले विपन्न नागरिक औषधोपचार कोषबाट २३ नागरिकलाई उपचारका लागि सिफारिस गरेको छ । जुन कोषबाट विपन्न परिवारका नागरिकले रु एक लाख बराबरको उपचार सुविधा पाउने स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए। प्रदेश सरकारबाट विनियोजन रकमबाट स्वास्थ्य उपचारका लागि एक जनालाई सिफारिस गरिएको छ ।

गाउँपालिकाभित्रका आठ वडाका मुटु, मिर्गौला र क्यान्सरपीडित बिरामीका उपचारमा सहयोगस्वरूप यातायात खर्च नगद रकम सहयोग प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताए। रिब्दीकोट गाउँपालिका अध्यक्ष जिसीले गाउँपालिकाभित्रका वडाका रोगबाट पीडित नागरिकलाई रकम हस्तान्तरण गरिएको बताए। 

प्रकाशित मिति: १०:२२ बजे, मंगलबार, फागुन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्