नेपालमै उत्पादन भएका कपडा प्रयोग गरौं : देउवा
काठमाडौं, असोज ४ : पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले भृकुटीमण्डपमा जारी नेपाल यार्न एण्ड टेक्सटाइल एक्स्पोको अवलोकन गरेका छन्।<....

काठमाडौं, असोज ४ : पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले भृकुटीमण्डपमा जारी नेपाल यार्न एण्ड टेक्सटाइल एक्स्पोको अवलोकन गरेका छन्।
नेपाल धागो उत्पादक संघले नेपाली उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको पाँच दिने प्रदर्शनीको देउवाले शनिबार अवलोकन गरेका हुन्। अवलोकनका क्रममा उनले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्ने गरी सरकारी नीति आउनु पर्ने बताए।

धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले नेपाली धागो र कपडा उद्योगका विषयमा देउवालाई जानकारी गराएका थिए। धागोमा नेपाल आत्मनिर्भर भए पनि कपडा अझै आयात गर्न बाध्य हुनु परेको गोल्यानको भनाइ थियो।
नेपालमा वार्षिक ११ अर्बको धागो निर्यात हुने गरेको छ। विद्युत् र बैंक ब्याजदरमा सहुलियत दिए कपडामा पनि आत्मनिर्भर बन्ने अवस्थामा रहेको उनको भनाइ थियो।

प्रदर्शनीको अवलोकनपछि देउवाले नेपालीमा बनेका केही कपडाहरु पनि खरिद गरेका थिए।











