Kathmandu Press

प्रजातन्त्रवादी प्राध्यापकको अधिवेशन चैत दोस्रो साता

काठमाडौं, फागुन १० : प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालको अधिवेशन आगामी चैत दोस्रो साता काठमाडौँमा हुने भएको छ।सङ्घको केन्द्रीय समितिको बैठकले चैत ११ र...
प्रजातन्त्रवादी प्राध्यापकको अधिवेशन चैत दोस्रो साता
Hardik ivf

काठमाडौं, फागुन १० : प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालको अधिवेशन आगामी चैत दोस्रो साता काठमाडौँमा हुने भएको छ।

सङ्घको केन्द्रीय समितिको बैठकले चैत ११ र १२ गते अधिवेशन गर्ने निर्णय गरेको हो। चैत ५ गतेभित्र सबै प्रक्रिया पूरा गर्ने निर्णय भएको सङ्घका सचिव डा. विष्णु पोखरेलले बताए।

उनका अनुसार चैत ५ गतेभित्र महाधिवेशन प्रतिनिधि, एकाइ समितिको नामावली, साधारण सदस्यको नामावली र शुल्कसमेत केन्द्रीय कार्यालयमा पठाउनुपर्ने निर्णय गरेको छ।  

प्रकाशित मिति: ०६:५६ बजे, मंगलबार, फागुन १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्