Kathmandu Press

क्रिस्टल डाइगनोस्टिकलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह

काठमाडाैं, फागुन ९ : क्रिस्टल डाइगनोस्टिकले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आइएसओ ९००१ः२०१५ को मान्यता पाएको छ। क्रिस्टलले प्रदान गर्दै आएको रोग परीक्षण सेवाका लागि...
क्रिस्टल डाइगनोस्टिकलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह

काठमाडाैं, फागुन ९ : क्रिस्टल डाइगनोस्टिकले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आइएसओ ९००१ः२०१५ को मान्यता पाएको छ। क्रिस्टलले प्रदान गर्दै आएको रोग परीक्षण सेवाका लागि अन्तर्राष्ट्रिय गुणस्तरको प्रमाणपत्र प्राप्त गरेको कम्पनीले जनाएको छ।

क्रिस्टल डाइगनोस्टिकलाई वेलायतस्थित युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (युआरएस) ले सो गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो। युआरएस आइएसओ ९००१ गुणस्तर चिन्ह प्रदान गर्ने अन्तर्राष्ट्रिय निकाय हो।

Hardik ivf

‘हामीले सुरुवातदेखि नै दक्ष जनशक्तिबाट उपयुक्त वातावरणमा आधुनिक तथा गुणस्तरीय उपकरणको प्रयोग गरि भरपर्दो परीक्षण सेवा दिँदै आएको छौं। त्यसैका लागि हामीलाई यो अन्तर्राष्ट्रिय गुणस्तरको प्रमाणपत्र प्राप्त गरेका हौं,’ क्रिस्टल डाइगनोस्टिक्सका प्रबन्ध निर्देशक रविन्द्र केसीले बताए।

क्रिस्टल डाइगनोस्टिकले युआरएसका पाँच मापदण्ड पूरा गर्दै अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गर्न सफल भएको युआरएसका नेपालका लागि कन्ट्री म्यानेजर प्रकाश पौडेलले काठमाडौं प्रेसलाई जानकारी दिए।

‘क्रिस्टलमा दक्ष प्राविधिक जनशक्तिले व्यवस्थित तवरमा उच्चकोटीको रसायनलागयतका सामाग्रीको प्रयोगबाट आधुनिक उपकरणमार्फत परीक्षण हुँदै आएको पायौं। त्यहाँको गुणस्तर नियन्त्रण, परीक्षण गर्ने क्षेत्रको वातावरण तथा सुरक्षित रुपमा काम गर्ने व्यवस्थालगायत सेवाग्राहीलाई गरिँदै आएको व्यवहारको पनि अनुगमन गरेका थियौं। सबै मापदण्डहरु अन्तर्राष्ट्रिय स्तरमा पूरा गरेको पाएपछि गुणस्तर चिन्ह प्रदान गरिएको हो,’ युआरएसको मापक टिमको नेतृत्व समेत गरेका पौडेलले बताए।

क्रिस्टल डाइगनोस्टिकले विभिन्न ल्याब परीक्षण सेवाका साथै घरमै गएर पनि नमुना संकलन गरी सेवा दिँदै आएको प्रबन्ध निर्देशक रविन्द्र केसीले बताए। साथै, विभिन्न हेल्थ प्याकेज तथा प्यानल टेस्टलगायत नेपालबाटै अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको पनि उनले बताए।

हाल क्रिस्टल डाइगनोस्टिकमा बायोकेमिस्ट्री, साइटोलोजी, इम्युनोलोजी, माइक्रोबायोलोजी, हेमाटोलाजी, भाइरोलोजी, एलर्जी परीक्षण, एन्टिजेन परीक्षण, आरटी–पिसीआर परीक्षणलगायत थुप्रै स्वास्थ्य परीक्षणका सेवा उपलब्ध छन्।

प्रकाशित मिति: २०:१० बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्