Kathmandu Press

निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १०९ पुग्याे

काठमाडाैं, फागुन ९ : निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १०९ पुगेको छ।आयोगले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगमा थप तीन दल दर्ता...
निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १०९ पुग्याे

काठमाडाैं, फागुन ९ : निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १०९ पुगेको छ।

आयोगले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगमा थप तीन दल दर्ता भएको र हालसम्म दर्ता हुने राजनीतिक दलहरुको संख्या १०९ पुगेको जानकारी दिएको हो।

Hardik ivf

त्यस्तै स्थानीय तह निर्वाचन प्रयोजनका लागी सूचना प्रकाशित भए बमोजिम हालसम्म विभिन्न १० वटा दल राजनीतिक दलहरुले निर्वाचनमा भाग लिन निवेदन दिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

त्यस्तै मतदाता नामावली अद्यावधिकको विषय राजपत्रमा प्रकाशन गर्ने प्रयोजनका लागि कानून मन्त्रालयमा सूचना सम्पादनका लागि पठाइएको उहाले जानकारी दिए।

मतदाता नामावली अद्यावधिक कार्य अन्तर्गत कुनै मतदाताले नामावली भएको आफ्नो विवरणमा त्रुटि सच्चाउन चाहे निवेदन दिन सकिने व्यवस्था गरिएको उनले बताए।

त्यस्तै आयोगले मतदाता परिचयपत्र हराए वडा कार्यालयको सिफारिस सहित सम्बन्धीत निर्वाचन कार्यालयमा निवेदन दिएर परिचय उपलव्ध गराउने व्यवस्था पनि गरिएको अर्यालले बताए।

आयोगले प्रतिपर्धात्मक तवरले निर्वाचन सामाग्रीको खरिद गर्न २३ प्रकारका निर्वाचन सामाग्रीहरुको खरिदका लागि बोलपत्रसम्बन्धी सूचना प्रकाशन गरिएको पनि जानकारी दिएको छ। 

प्रकाशित मिति: १८:२१ बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्