Kathmandu Press

दोस्राे किसुनजी स्मृति हाफ म्याराथन चैत १९ मा हुने

काठमाडाैं, फागुन ९ : नेपाल लोकतान्त्रिक खेलकुद संघको तत्वावधान तथा वाग्मती प्रदेश संघको आयोजनामा दोश्रो किसुनजी स्मृती राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन...
दोस्राे किसुनजी स्मृति हाफ म्याराथन चैत १९ मा हुने

काठमाडाैं, फागुन ९ : नेपाल लोकतान्त्रिक खेलकुद संघको तत्वावधान तथा वाग्मती प्रदेश संघको आयोजनामा दोश्रो किसुनजी स्मृती राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिता २०७८ चैत १९ गते हुने भएको छ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ, वाग्मती प्रदेशले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी गराएको हो। नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको (किसुनजी) को स्मृतिमा संघले दोस्रो पटक प्रतियोगिता आयोजना गर्न लागेको हो।

देशभर रहेको प्रतिभावान खेलाडीहरुलाई अवसर प्रदान गर्ने, भाइचारा र आपसी सहयोगको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा खेलकुदलाई व्यसायीकरण गर्ने प्रतियोगिताको उद्धेश्य रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

अनुमानित ११ लाख लागत रहेको प्रतियोगिताका विजयी खेलाडीहरुले नगद ५० हजार, उपबिजयी खेलाडीहरुले नगद ३० हजार र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद २० हजार प्राप्त गर्ने छन्। अघिल्लो संस्करणको तुलनमा यस पटक पुरस्कार राशीलाई दोब्बर बनाईएको समेत पत्रकार सम्मेलनमा अध्यक्ष दीपक गुरुङले जानकारी गराए।

यसका साथै खेलकुदका साथै खेलकुलमा जीवन व्यतीत गर्ने, खेलकोे विकास र विस्तारमा योगदान पुर्‍याउनेहरुलाई पनि सम्मान गर्ने उद्देश्यले खेलकुद क्षेत्रमा विशेष योगदान गर्ने खेलाडी, प्रशिक्षक र खेल पत्रकारलाई समेत नगदसहित सम्मान गरिने आयोजकले जनाएका छन्।

प्रतियोगिताको रुट गोल्फुटार बास्केटबल कोर्टबाट सुरु भई धुम्बाराही चोक, सुकेधारा, चावहिल, जयबागेश्वरी, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, हात्तीसार, जयनेपाल, दरबारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानिपोखरी, नारायणगोपाल चोक, गोल्फुटार, नारायणथान हुँदै पुन गोल्फुटार बास्केटबल कोर्ट रहेको छ।

प्रकाशित मिति: १८:०६ बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्