क्यानडाविरुद्ध नेपाललाई ८१ रनको सामान्य लक्ष्य
काठमाडाैं, फागुन ९ : टि–२० विश्वकपको ग्लोबल छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले ८१ रनको सामान्य लक्ष्य पाएको छ।ओमानस्थित अल अमेरात क्रिकेट...
काठमाडाैं, फागुन ९ : टि–२० विश्वकपको ग्लोबल छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले ८१ रनको सामान्य लक्ष्य पाएको छ।
ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा क्यानडालाई १५ ओभरमा ८० रनमा अलआउट गरेपछि नेपालले सामान्य लक्ष्य पाएको हो। क्यानडाविरुद्ध नेपाली बलरले सुरुआतबाटै उत्कृष्ट बलिङ गरेका थिए।
नेपालले पावर प्लेमै ३९ रनमा ४ विकेट लिँदै क्यानडामाथि दबाब बनाएको थियो। क्यानडाका लागि दिलोन हैलिगरले सर्वाधिक २४ रन बनाउँदा कप्तान नवनित धलिवालले १८, रायन खान पठानले १४ र सलमान नजारले १० रन बनाए।
अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। क्यानडालाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछानेले ४ ओभरमा १२ रन मात्र खर्चेर ३ विकेट लिए।
यस्तै, कलमसिंह ऐरी र अभिनाश बोहराले समान २ विकेट लिँदा कुशल मल्लले १ विकेट लिए। यसअघिका दुवै खेलमा जित निकालेको नेपाल सेमिफाइनल नजिक छ।
क्यानडालाई हराउन सके नेपाल समूह विजेताका रुपमा सेमिफाइनल पुग्ने् छ । क्यानडासँगको झिनो हारले पनि नेपाल सेमिफाइनल पुग्न सक्ने छ।











