Kathmandu Press

काठमाडौं उपत्यकामा थप ९६ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप ९६ जनामा कोरोना संक्रमण

काठमाडौं, फागुन ९ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ७७, ललितपुरमा ११ र भक्तपुरमा ८ जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Hardik ivf

देशभर भने कुल ३८८ जनामा संक्रमण पुष्टि भएको छ। 

यस्तै उपत्यकामा कुल ४ हजार ३२३ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा २ हजार ६८१, ललितपुरमा १ हजार २४६ र भक्तपुरमा ३९६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

शुक्रबार देशभर ११ हजार २८२ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:४१ बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्