Kathmandu Press

देशभरि थप ३८८ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

काठमाडाैं, फागुन ९ : पछिल्लाे २४ घण्टामा नेपालमा थप ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ५ हजार २ सय २५...
देशभरि थप ३८८ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

काठमाडाैं, फागुन ९ : पछिल्लाे २४ घण्टामा नेपालमा थप ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ५ हजार २ सय २५ पिसिआर परिक्षणका क्रममा २ सय ४७ जना र २ हजार ९ सय १५ एन्टीजेन परिक्षणका क्रममा १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Hardik ivf

त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय २५ जनाको मृत्यु भएको छ।

त्यस्तै थप १२ सय ५ संक्रमित निको हुँदा हाल सम्म नेपालमा ९ लाख ५२ हजार ५ सय ९९ जना निको भएका छन्।

हाल नेपालमा ११ हजार २ सय ८२ सक्रिय संक्रमित आइशोलेशन र १०७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:३७ बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्