‘ए’ डिभिजन लिग : ब्रिगेड ब्वाइज रेलिगेसनमा
काठमाडौं, फागुन ९ : ‘ए’ डिभिजन लिग ः ब्रिगेड ब्वाइज क्लब सहिद स्मारक फुटबलबाट रेलिगेसनमा परेको छ।सोमबार भएको खेलमा सातदोबाटो युथ क्लबसँग ३–२ गोल...
काठमाडौं, फागुन ९ : ब्रिगेड ब्वाइज क्लब ‘ए’ डिभिजन लिग सहिद स्मारक फुटबलबाट रेलिगेसनमा परेको छ।
सोमबार भएको खेलमा सातदोबाटो युथ क्लबसँग ३–२ गोल अन्तरले पराजित भएपछि ब्रिगेड रेलिगेसनमा परेको हो। ब्रिगेड यस सिजन रेलिगेसनमा पर्ने दोस्रो टोली हो।
यसअघि च्यासल युथ क्लब रेलिगेसनमा परिसकेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटोलाई जित दिलाउन सुशील राई, दिपक राज सिंह ठकुरी र निरज चौधरीले १–१ गोल गरे। ब्रिगेडका बेर्टराण्ड इबोडे ओट्टोउ र रोशन राना मगरले एक एक गोल फर्काए।
खेलको १३ औं मिनेटमा सुशीलले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको १६ औं मिनेटमा बेर्टराण्डले गोल गर्दै ब्रिगेडलाई १–१ गोलको स्थितिमा ल्याए। खेलको १८ औं मिनेटमा दिपकले गोल गर्दै सातदोबाटोलाई २–१ को अग्रता दिलाए।
त्यस्तै खेलको ५१औं मिनेटमा रोशनले गोल गर्दै ब्रिगेडलाई २–२ गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको ८७औं मिनेटमा निरजले गोल गर्दै सातदोबाटोलाई ३–२ को जित दिलाए।











