क्यानडाले टस जित्यो, नेपाल बलिङमा
काठमाडाैं, फागुन ९ : टि-२० विश्वकप ग्लोबल छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ।ओमानस्थित अल अमेरात क्रिकट मैदानमा क्यानडाले...
काठमाडाैं, फागुन ९ : टि-२० विश्वकप ग्लोबल छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ।
ओमानस्थित अल अमेरात क्रिकट मैदानमा क्यानडाले टस जितेर ब्याटिङ गर्ने नियर्ण गरेपछि नेपालले पहिला बलिङ गर्ने भएको हो।
प्रतियोगितामा नेपाल लागतार दुई खेल जित्दै सेमिफाइनल नजिक छ भने क्यानडा पनि नेपाललाई हराउँदै सेमिफाइनलमा स्थान बनाउने दाउमा छ।
पहिलो दुई खेल जितिसकेकाले नेपाल बलियो स्थितिमा छ तर ढुक्क हुने अवस्थामा छैन। क्यानडा र ओमानले १–१ खेल जितेका छन्। सोमबार समूह चरणको अन्तिम दिनको खेलमा नेपालले क्यानडा र ओमानले फिलिपिन्सको सामना गर्दै छन्।
नेपालले ओमानलाई ३९ र फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरेको थियो । फिलिपिन्सलाई पहिलो खेलमा १ सय १८ रनले पराजित गरेको क्यानडा शनिबार ओमानसँग ९ विकेटले पराजित भएको थियो।
नेपाल बलियो स्थितिमा छ। क्यानडाभन्दा ३७ रनले र ओमानभन्दा झन्डै १ सय ५० रनले अगाडि रहेको नेपाल सेमिफाइनलको दाबेदार छ । क्यानडाले नेपाललाई उछिन्न ३७ भन्दा माथिको रनले वा नेपालले दिएको लक्ष्य १५ देखि १६ ओभरभित्र पूरा गर्नुपर्नेछ।
नेपाली टिम : सन्दीप लामिछाने, विकेटकिपर आशिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, लोकेशबहादुर बम, कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अभिनाश बोहरा।











