Kathmandu Press

सभामुख महरा कजाकस्तान प्रस्थान

काठमाडौं, असोज ४ : सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखहरुको बैठकमा भाग लिन कजाकस्तान प्रस्थान गरेका छन्। 

सभामुख महरा ....

सभामुख महरा कजाकस्तान प्रस्थान

काठमाडौं, असोज ४ : सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखहरुको बैठकमा भाग लिन कजाकस्तान प्रस्थान गरेका छन्। 

सभामुख महरा ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार बहिान कजाकस्तानतर्फ प्रस्थान गरेका हुन्।   सेप्टेम्बर २२ देखि २५ सम्म कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका संसदका सभामुखहरुको चौथो बैठकमा सभामुख महरा नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ। 

प्रतिनिधि मण्डलमा प्रतिनिधि सभाका सदस्य मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरि, संघीय संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक बसन्तराज सिग्देल र सभामुखका स्वकीय सचिव डोरबहादुर पुन रहेका छन्।  

कजाकस्तानको अस्तानामा हुने उक्त बैठकमा कजाकस्तानका लागि नेपाली महावाणिज्यदूत बरुण चौधरी र प्रतिनिधि सभा सदस्य विनोद चौधरी पनि सहभागी हुनेछन्। बैठकमा नेपालको तर्फबाट सभामुख महराले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

 

प्रकाशित मिति: ११:१० बजे, शनिबार, असोज ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्