Kathmandu Press

पत्रकार माया पकुवालको निधन

झापा, फागुन ९ : झापाको भद्रपुर निवासी पत्रकार माया पकुवालको ५४ वर्षको उमेरमा आज बिहान निधन भएको छ।रुघाखोकी र निमोनिया सङ्क्रमणले सताएपछि उनी...
पत्रकार माया पकुवालको निधन

झापा, फागुन ९ : झापाको भद्रपुर निवासी पत्रकार माया पकुवालको ५४ वर्षको उमेरमा आज बिहान निधन भएको छ।

रुघाखोकी र निमोनिया सङ्क्रमणले सताएपछि उनी १० दिनअघि भद्रपुरस्थित ओमसाइ पाथीभरा अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो।

उपचारकै क्रममा उहाँको आज बिहान निधन भएको हो। भद्रपुरबाट प्रकाशित हुने बरुण साप्ताहिककी सम्पादक पकुवालका पति र दुई छोरी छन्।

पकुवालको निधनप्रति दुःख व्यक्त गर्दै नेपाल पत्रकार महासंघ झापाले शोक विज्ञप्ति जारी गरी लामो समय मिर्गौलाको समस्यासँग जुध्दै आएकी पकुवालको निधनले झापाली पत्रकारिता क्षेत्रले एक अग्रज पत्रकार गुमाएको बताएको छ।

प्रकाशित मिति: १४:२८ बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्