नेपाल-पाकिस्तान फ्रेन्डसिप क्रिकेट फागुन १८ बाट काठमाडाैंमा
काठमाडाैं, फागुन ९ : सातौं संस्करणको नेपाल-पाकिस्तान फ्रेन्डसिप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता फागुन १८ गतेबाट काठमाडौंमा सुरु हुने भएको छ।आयोजक नेपालस्थित पाकिस्तान दूतावासले आज...
काठमाडाैं, फागुन ९ : सातौं संस्करणको नेपाल-पाकिस्तान फ्रेन्डसिप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता फागुन १८ गतेबाट काठमाडौंमा सुरु हुने भएको छ।
आयोजक नेपालस्थित पाकिस्तान दूतावासले आज (सोमबार) पत्रकार सम्मेलन गरी प्रतियोगिता फागुन १८ देखि २६ गतेसम्म संचालन हुने जानकारी दिएको हो।
लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ। सहभागी १२ टिमलाई चार समूहमा विभाजन गरिएको दूतावासले जनाएको छ। चार समूहमा बिभिन्न क्रिकेट क्लव तथा एकेडेमीको सहभागीता रहने बताइएको छ। चारवटै समूहका विजेताहरु सेमिफाइनल प्रवेश गर्नेछन्।
पत्रकार सम्मेलनमा नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर शाहले क्रिकेटमा युवाहरुको आकर्षण बढाउनका लागि र खेल प्रतिको भावना बढाउनका लागि प्रतियोगिता आयोजना गरिएको बताए।
त्यस्तै नेपाल क्रिकेट टिमका पूर्व कप्तान तथा क्रिकेट एक्सिलेन्स सेन्टरका संस्थापक पारस खड्काले नेपालको क्रिकेटम पाकिस्तानले गरेको सहयोगको चर्चा गरे।
प्रतियोगिताको उदघाटन खेलमा पाकिस्तान दूतावासले एचके क्रिकेट क्लबविरुद्ध खेल्नेछ भने प्रतियोगिताका खेलहरु धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा हुने दूतावासले जनाएको छ।











