Kathmandu Press

नेपाल तथा भारतीय टोली सम्मिलित क्रिकेट खेल विराटनगरमा

मोरङ, फागुन ९ : प्रदेशमा क्रिकेट खेलको खस्किँदो अवस्थालाई वृद्धि गर्न र युवालाई आकर्षण जगाउन विराटनगरमा नेपाल र भारतका टोली सम्मलित ‘मिल्स कप क्रिकेट...
नेपाल तथा भारतीय टोली सम्मिलित क्रिकेट खेल विराटनगरमा

मोरङ, फागुन ९ : प्रदेशमा क्रिकेट खेलको खस्किँदो अवस्थालाई वृद्धि गर्न र युवालाई आकर्षण जगाउन विराटनगरमा नेपाल र भारतका टोली सम्मलित ‘मिल्स कप क्रिकेट ’ प्रतियोगिता यही फागुन २० गतेदेखि सुरु हुने भएको छ।
    
मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीद्वारा आयोजित उक्त प्रतियोगितामा नेपालका र भारतका १६ टोली सम्मिलित उक्त प्रतियोगिता विराटनगर जुट मिल क्रिकेट  खेल मैदानमा हुने छ। एकेडेमीका अध्यक्ष  मुरारी चौधरीले  नक आउट आधारमा टि–२० क्रिकेट प्रतियागितामा कटिहार क्रिकेट क्लब, भारत, जोगबनी क्रिकेट क्लब भारत, भैरहवा क्रिकेट क्लब, जनकपुर क्रिकेट  क्लब, बोस्टन क्रिकेट क्लब झपा, होराईजन क्रिकेट क्लब विराटनगर, विराट क्रिकेट क्लब एण्ड एकेडेमी विराटनगर, मिल्स क्रिकेट क्लब विराटनगर रहेको जानकारी दिए। 
    
यसैगरी पूर्णिया क्रिकेट क्लब भारत, कानपुर क्रिकेट क्लब भारत, काठमाडौँ क्रिकेट  क्लब, सिरहा क्रिकेट क्लब, सुनसरी–११ क्रिकेट  क्लब, पूर्वाञ्चल क्रिकेट  क्लब विराटनगर, प्याट्रिक क्रिकेट क्लब झापा, एमसिसिए विराटनगर गरी १६ टोलीको सहभागिता रहने छ।    

प्रतियोगिताका विजयी हुने प्रथम हुने टोलीलाई नगद रु एक लाख ११ हजार, दोस्रोलाई रु ५१ हजार र अन्य विभिन्न विधामा उत्तकृष्ट हुने खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ। 

प्रकाशित मिति: १२:४५ बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्