Kathmandu Press

ट्रकले किच्दा महिला प्रहरीको मृत्यु

राँझा, फागुन ९ : बाँकेको कोहलपुरस्थित चौराहामा ट्रकले किच्दा एक प्रहरी जवान महिलाको मृत्यु भएको छ । शम्शेरगञ्जबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना ३ ख ६४३६...
ट्रकले किच्दा महिला प्रहरीको मृत्यु

राँझा, फागुन ९ : बाँकेको कोहलपुरस्थित चौराहामा ट्रकले किच्दा एक प्रहरी जवान महिलाको मृत्यु भएको छ । 

शम्शेरगञ्जबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना ३ ख ६४३६ नं को ट्रक कोहलपुर चौराहमा अनियन्त्रित भई पल्टिँदा इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान कविता बुढाक्षेत्रीको च्याप्पिएर मृत्यु भएको हो । 

Hardik ivf

गएराति करिब १० बजे तीव्र गतिमा आएको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए। 

उनका अनुसार तीव्रगतिमा रहेको ट्रक सुरुमा कोहलपुर चौराहको दक्षिणतर्फ रहेको डिभाइडरमा ठोक्किएको थियो । त्यस लगत्तै पश्चिमतर्फ सडक छेउमा डिउटी रहेकी प्रहरी जवानमाथि आएर पल्टिँएको थियो । बर्दियाको ठाकुरबाबा नगरपालिका–७ निवासी ३६ वर्षीया बुढाथोकीको कार्यक्षेत्रमा खटिएकै क्रममा मृत्यु भएको हो । 

ट्रकले किचिएर भे ८ ब ४०६८ र भे १० प ४६२४ नम्बरको दुई थान स्कुटीसमेत पूर्ण रुपमा क्षति भएको प्रमुख शाहले बताए। ट्रक चालक बबई गाउँपालिका वडा नं ६ दाङ निवासी लोकराज केसीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ। 

प्रकाशित मिति: १२:३५ बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्