गोरखा केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गयो
काठमाडौं, असोज ४ : गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
शनिबार बिहान ६ बजेर १९ मिनेटमा गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी ....

काठमाडौं, असोज ४ : गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
शनिबार बिहान ६ बजेर १९ मिनेटमा गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु चार रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो।
एक हप्ताको बीचमा यसअघि सुदूरपश्चिमा तीनवटा र लमजुङ केन्द्रबिन्दु भएर एक भूकम्प गइसकेको छ।
प्रकाशित मिति: १०:३६ बजे, शनिबार, असोज ४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











