Kathmandu Press

वीरगन्जमा गतवर्षभन्दा ३३ अर्ब बढी राजश्व सङ्कलन

पर्सा, फागुन ९ : नेपालकै मुख्य प्रवेशद्वार र प्रमुख व्यापारिक नाका वीरगन्जबाट नेपालका लागि हुने  विभिन्न बस्तुको आयात निर्यातमा सुधार भएसँगै यसको सकारात्मक प्रभाव...
वीरगन्जमा गतवर्षभन्दा ३३ अर्ब बढी राजश्व सङ्कलन

पर्सा, फागुन ९ : नेपालकै मुख्य प्रवेशद्वार र प्रमुख व्यापारिक नाका वीरगन्जबाट नेपालका लागि हुने  विभिन्न बस्तुको आयात निर्यातमा सुधार भएसँगै यसको सकारात्मक प्रभाव राजश्व सङ्कलनमा पनि देखिएको छ । कोरोना सङ्क्रमणको दरमा आएको कमीसँगै मुलुकभित्रको उद्योग व्यापारले गति लिएकाले राजश्व सङ्कलन बढेको हो ।

उक्त नाकाबाट नेपालका लागि हुने विभिन्न बस्तुको आयात तथा निर्यातमा सुधार भएपछि गत आर्थिक वर्षको साउनदेखि माघ महिनासम्ममा सङ्कलित राजश्वको तुलनामा चालु आवको सोही अवधिमा ३८ प्रतिशत बढी राजश्व सङ्कलन भएको छ । 

गत आर्थिक वर्षको ७ महिनामा रु  ८८ अर्ब ५० करोड ४८ लाख राजश्व सङ्कलन भएकामा चालु आवको सोही अवधिमा  रु एक खर्ब २१ अर्ब ७२ करोड ८४ लाख  राजश्व सङ्कलन गर्न वीरगन्ज भन्सार सफल भएको छ । यो गत आवको सङ्लित राजश्वको  भन्दा रु ३३ अर्ब २२ करोड ३६ लाख बढी हो ।
       
चालु आवको साउनदेखि माघसम्मका लागि भन्सार विभागले रु एक खर्ब १६ अर्ब ७१ करोड १५ लाख राजश्व सङ्कलन हुने प्रक्षेपण गरेकामा कार्यालयले  लक्ष्य भन्दा चार दशमलव तीन प्रतिशत बढी अर्थात् रु पाँच  अर्ब एक करोड ७८ लाख   बढी सङ्कलन गर्न सफल भएको कार्यालयका सूचना अथिकारी सुमित गुप्ताले जानकारी दिए।        

सवारी साधनको आयातबाट सङ्कलित राजश्वमा २३ दशमलव २१ प्रतिशत र इन्धनको आयातमा ३७ दशमलव ९१ प्रतिशत बढी राजश्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: १२:२४ बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्