Kathmandu Press

रड प्रहार गरी हत्या गरेको आरोपमा मोरङबाट एकजना पक्राउ

मोरङ, फागुन ९ : फलामको रड प्रहार गरी हत्या गरेको आरोपमा मोरङ प्रहरीले एकजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका–३ का३५ वर्षीय...
रड प्रहार गरी हत्या गरेको आरोपमा मोरङबाट एकजना पक्राउ

मोरङ, फागुन ९ : फलामको रड प्रहार गरी हत्या गरेको आरोपमा मोरङ प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका–३ का३५ वर्षीय कमल लिम्बु रहेको प्रहरीले जनाएको छ। उनले सोही गाउँपालिका–८ का २६ वर्षीय बाबुराम भट्टराईको हत्या गरेका हुन्।

केराबारी–८ हजार बिघा सामुदायिक वनमा गत माघ ९ गते बाबुरामको शव फेला परेको थियो। पुस २७ गते रातिदेखि बेपत्ता भएका बाबुरामलाई पुस २८ गते सामान्य विवाद हुँदा कमलले फलामको रड प्रयोग गरी हत्या गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीको भनाइ छ।

उनलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनीमाथि मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्हरी कार्यालय मोरङले जनाएको छ।

प्रकाशित मिति: १२:१५ बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्