Kathmandu Press

लमजुङको भार्लेटार स्वास्थ्यचौकीमा अल्ट्रासाउण्ड सेवा सुरु

लमजुङ, फागुन ९ : जिल्लास्थित मध्यनेपाल नगरपालिकाले भार्लेटार स्वास्थ्यचौकी मार्फत ‘अल्ट्रासाउण्ड सेवा’ सुरुआत गरेको छ । गर्भवती महिला तथा नवजात शिशुको मृत्युदर घटाउने लक्ष्यका...
लमजुङको भार्लेटार स्वास्थ्यचौकीमा अल्ट्रासाउण्ड सेवा सुरु

लमजुङ, फागुन ९ : जिल्लास्थित मध्यनेपाल नगरपालिकाले भार्लेटार स्वास्थ्यचौकी मार्फत ‘अल्ट्रासाउण्ड सेवा’ सुरुआत गरेको छ । गर्भवती महिला तथा नवजात शिशुको मृत्युदर घटाउने लक्ष्यका साथ पहिलोपटक आइतबारदेखि सो सेवा थालनी गरिएको हो  । 

नगर प्रमुख रमेशकुमार पाण्डेले स्वास्थ्यचौकीका अनमी सुनिता रायमाझीलाई ‘अल्ट्रासाउण्ड मेसिन’ हस्तान्तरण गर्दै सो सेवा सुरु गरे।

Hardik ivf

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद पौडेलका अनुसार गण्डकी प्रदेश सरकारले पनि सो उपकरण उपलब्ध गराएको हो  ।  चिसंकु, रम्घा  र भोर्लेटार स्वास्थ्यचौकीबाट उक्त सेवा  उपलब्ध भइरहेको नगरपालिकाले जनाएको छ ।  

नगरपालिकाले गर्भवती  तथा नवजात शिशुका लागि निःशुल्क एम्बुलेन्स उपलब्ध गराउँदै आएको छ । चालु आवको साउन महिनाबाट हालसम्म १६२ नयाँ गर्भवती थपिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए । यस अवधिमा १५२ सुत्केरी भएका, ती मध्ये ११६ ले पालिकाभित्रका स्वास्थ्य संस्थामार्फत सुरक्षित प्रसूति सेवा लिएका र  ३६ जनालाई बाहिरा ‘रिफर’ गरिएको जनाइएको छ।  

प्रकाशित मिति: १०:५४ बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्