Kathmandu Press

मकवानपुरको सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा

बागमती, फागुन ९ : स्थानीयस्तरमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाको वडा नम्बर ७ मा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ...
मकवानपुरको सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा
Hardik ivf

बागमती, फागुन ९ : स्थानीयस्तरमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाको वडा नम्बर ७ मा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ ।
 
मनहरी गाउँपालिका तथा हेटौँडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता भएको दुई महिनापछि सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा आएको सो गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले दुई जना कर्मचारी र भवनको भौतिक सुधार गर्ने गरी प्रत्येक दिन सेवा उपलब्ध गराउने गरी सामुदायिक आँखा केन्द्र स्थापना गरिएको सो गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए।

उक्त आँखा उपचार केन्द्रका लागि होण्डाइ मोटर फाउण्डेशन र पोगंसाई विश्व विद्यालय दक्षिण कोरियाद्वारा रु २० लाख मूल्य बराबरको उपकरण उपलब्ध गराइएको बताइएको छ । आँखा उपचार केन्द्रको आज एक कार्यक्रमबीच सो गाउँपालिकाका अध्यक्ष उप्रेती र हेटौँडा सामुदायिक आँखा अस्पतालका केन्द्रीय सदस्य सिद्दीलाल श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गरेका हुन्। 

यसअघि हेटौँडा सामुदायिक अस्पतालले मकवानपुरको बागमती गाउँपालिकामा पनि आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको सो अस्पताल प्रशासनले जनाएको छ। 

प्रकाशित मिति: १०:५० बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्